२२ वैशाख, एजेन्सी ।

२५० करोड भारु बजेटमा बनेको र बक्स अफिसका सबै रेकर्ड तोडेर नयाँ रेकर्ड बनाउन सफल बलिउड फिल्म बाहुवली २ ले सबैको मन जितिरहेको छ ।  फिल्म अप्रिल २८ देखि विश्वव्यापि रुपमा प्रदर्शन भइरहेको छ भने हालसम्म पनि हलहरु दर्शकले भरिभराउ छन् । सम्भवत यस फिल्मका यो नै बलिउडको सबैभन्दा महंगो फिल्म र यसका कलाकार रहेका छन् । हप्ता दिन नपुग्दै ८५० करोड भारु भन्दा बढि कमाइसकेको फिल्म बाहुबली २ का मुख्य कलाकारले फिल्मबाट कति आम्दानी गरे त ?

प्रभास -फिल्ममा अमरेन्द्र बाहुबली र महेन्द्र बाहुबली दुवैको भूमिका निभाएका अभिनेता प्रभासले फिल्मबाट २५ करोड भारु पारिश्रमिक लिएका छन् छन् । यो संगै प्रभास बलिउडका सबैभन्दा महंगा कलाकार भित्र परेका छन् ।

राना दग्गुबति- खलनायकको भूमिकामा देखा परेका रानाले बाहुबलीबाट १५ करोड भारु आम्दानी गरेका छन् । यो संगै उनी बलिउडका सबैभन्दा महंगा खलनायक भएका छन्।
अनुष्का शेठ्ठी -फिल्ममा देवशेनाको भूमिकामा देखा परेकि अनुष्का सबैभन्दा महंगी अभिनेत्री भित्र पर्दछिन् । फिल्मबाट उनले ५ करोड भारु प्राप्त गरेकी छिन् ।

तमन्ना भाटिया -बाहुबलीमा महेन्द्र बाहुबलीको प्रेमिकाको भूमिका निभाएकी तमन्नाले यस फिल्मबाट ५ करोड भारु पारिश्रमिक पाएकी छिन् ।

राम्या कृष्ना -अभिनेत्री राम्याले फिल्ममा एक साहसी महिलाको मुख्य भुमिका निभाएकी छिन् । फिल्मबाट उनले २.५ करोड भारु पाएकी छिन् ।

सत्यराज- बाहुबलीमा कटप्पाको नामले परिचित अभिनेता सत्यराजले फिल्मबाट २ करोड भारु आम्दानी गरेका छन् ।

एसएस राजमौली -फिल्म बनाउन कम्तीमा ५ वर्ष खर्च गरेका निर्देशक राजमौलीले बाहुबलीको दोस्रो भागको लागि मात्र २८ करोड भारु पारिश्रमिक लिएका छन्।

‘बाहुबली–२’ले तोड्न सकेन शाहरुख खानको फिल्मको एउटा रेकर्ड !

यी ५ कारणले बाहुबली- ३ पनि बन्छ