२० फागुन, एजेन्सी।

बलिउड निर्देशक एसएस राजामौलीले आफ्नो ब्लकबस्टर चलचित्र ‘बाहुबली’को दोश्रो सिक्वेलको रिलिज हुने मिती ट्वीटरमा सार्वजनिक गरेका छन्।

‘बाहुबलीः द कन्क्लूजन’मा कसरी शिवुडु (प्रभास)ले आफ्ना पिताको हत्याको बदला लिन्छन् भनेर देखाइनेछ। निर्देशक राजामौलीले यस चलचित्र सन् २०१७ अप्रील १४ मा रिलिज हुनेछ।Bahubali Director SS Rajamouli

बाहुबलीको दोश्रो भागमा राना दग्गुबत्ती, तमन्ना भाटिया र अनुश्का सेट्टीको पनि भूमिका रहने निर्देशकले जानकारी दिएका छन्।

गत वर्ष जुलाई १० मा रिलिज भएको ‘बाहुबली’ले कमाईको हिसाबमा सबै रेकर्ड तोड्दै भारु. ६०० करोड भन्दा बढिको व्यापार गरिसकेको छ।

यो पनि हेर्नुहोस्-
‘बाहुबली’को पर्दापछाडिका तस्विरहरू सार्वजनिक
बाहुबलीलाई पछार्ने लगानी: रजनीकान्त र आर्नोल्ड एउटै फिल्ममा
बाहुबली-२ को स्क्रिप्ट लिकः रहस्य खुल्यो