बलिउड क्षेत्रलाई ख्याति कमाउने राम्रो आधार मान्ने गरिन्छ। त्यसैले गर्दा नै कैयौँ नवकलाकारहरू चर्चा कमाउनका लागि नै वर्षेनी बलिउडको ग्लामर उध्योगमा घुस्ने गर्दछन्।

रातारात चर्चा कमाउनकै लागि, नयाँ अभिनेत्रीहरूले आफ्नो डेब्यू चलचित्रमा बिकिनी दृश्यको सुट गर्ने गर्दछन्। ‘स्टुडेण्ट अफ द इयर’मा पहेँलो बिकिनीबाट आलिया भट्टले खुबै चर्चा पाउन सफल भएकी थिइन् भने बलिउडकी हट डिभा ‘क्याट्रिना’ले पनि ‘बुम’ चलचित्रमा बिकिनीबाटै आफ्नो करियर सुरु गरेकी थिइन्।

तर, पहिलेभन्दा अहिले बिकिनीको चलन बढ्दो देखिन्छ, त्यसैले होला सिल्भर स्क्रीनको लागि अधिकांश अभेनेत्रीहरू बिकिनी लगाएर तँछाडमछाड गरिरहेका छन्।

बलिउडमा बिकिनीबाटै चर्चा पाउन सफल अभिनेत्रीहरूको सूची हेरौँ न तः

१. सुर्विन चावला

चर्चित टेलिभिजन अभिनेत्री, सुर्विन चावलाले ‘हेट स्टोरी’को सिक्वेलबाट बलिउडमा भव्य इन्ट्री गरिन्। ‘नच बलिए ५’ का बिजेता ‘जय भानुशाली’सँग ‘हेट स्टोरी २’मा देखिएकी सुर्विनले पनि चर्चा कमाउनको लागि बिकिनीकै मार्ग अएनाएकी थिइन्। केहि चलचित्रहरूमा सानोतिनो भूमीका खेलेकी सुर्विनले हेट स्टोरी २मा हट बिकिनी लगाएर पुलबाट निस्किएपछि तुरुन्तै सबैजनाको ध्यान खिच्न सफल भएकी थिइन्।Surveen Chawla

२. क्याट्रिना कैफ

क्याट्रिनाले आफ्नो डेब्यू चलचित्र ‘बुम’लाई त्यति मतलब गर्दैनन्, तर त्यस चलचित्रमा उनको सेक्सी बिकिनी दृश्यलाई कसले भुल्न सक्छ र? हुन त, बक्स अफिसमा ‘बुम’ले खासै धमाका मच्चाउन सकेन। तैपनि, क्याट्रिनाको बिकिनीकै दृश्य सबैको आकर्षणको केन्द्र बन्न पुग्यो। अचम्मको कुरा के छ भन्दा, क्याट्रिनाले यसपछि कुनै चलचित्रमा पनि बिकिनी सिन गरेकी छैनन् र अझैपनि टप अभिनेत्रीको सूचीमा परेकी छिन्।Katrina Kaif in Boom

३. आलिया भट्ट

टिनेजर ‘आलिया भट्ट’ले आफ्नो डेब्यू चलचित्र ‘स्टुडेण्ट अफ द इयर’मा क्युट गर्ल बनेर तुरुन्तै सबैजनाको नजर चोर्न सफल भइन्। चर्चित निर्माता ‘करन जोहार’सँग आफ्नो करियर सुरु गर्ने सुनौलो मौका पाएकी आलिया भट्टले पहेँलो बिकिनीबाट सिल्भर स्क्रीनमा चम्किनको लागि लाज मानिनन्। त्यसैले नै उनले छोटो अवधिमा बलिउडका टप अभिनेत्रीको सूचीमा आफ्नो नाम राख्न सफल भइन्।Alia Bhatt in Student of the Year

४. सन्नी लियोनी

चर्चित पोर्नस्टार ‘सन्नी लियोनी’ले जब ‘बिग बोस’मा पाइला टेकिन्, तब सबैको आँखा सन्नीमै थियो। फेरि त्यसको केहि समयपछि उनलाई ‘जिसम २’मा गुलाबी रङ्गको हट बिकिनीमा देखेपछि त झन् दर्शकहरूको आँखा बन्द नै हुन मानेको थिएन। त्यसपछि उनले हरेक चलचित्रमा बिकिनीको सिन गर्न थालिन् र एकचोटि पनि दर्शकहरूको चित्त दुखाउने काम गरिनन्।Sunny Leone in Jism2

५. पुनम पाण्डे

पुनम पाण्डेलाई बलिउडकै सेक्सी बिकिनी बेबको रूपमा चिनिन्छ। उनले आफ्नो डेब्यू चलचित्र ‘नसा’को प्रमोसनको लागि ‘विन नसा बिकिनी’ प्रतियोगिता पनि आयोजना गरिन्। उनको ‘नसा’ले बक्स अफिसमा सफलता पाउन नसकेपछि, ट्वीटरमा नियमित बिकिनीको पोस्टपछि भने बलिउडकै चर्चित बिकिनी बेब बन्न पुगिन्, पुनम।Poonam Pandey

६. जोया अफ्रोज

चलनचल्तीलाई पछ्याउँदै, पूर्व मिस इण्डिया इन्टरनेशनल २०१३, जोया अफ्रोजले पनि आफ्नो डेब्यू चलचित्र ‘द एक्सपोज’मा कालो बिकिनी पहिरिन्। बक्स अफिसमा ठीकठीकै चर्चा पाएपनि, जोयाले भने आफ्नो बिकिनी प्रदर्शनकै कारण हेडलाइन्समा चम्किन पाइन्। ‘हम साथ साथ हेँ’ र ‘कुच ना कहो’ जस्ता चलचित्रहरूमा उनलाई बाल कलाकारको रूपमा देख्न सकिन्थ्यो, तर ‘द एक्सपोज’मा उनको त्यो बोल्ड बिकिनी दृश्यले भने सबैको ध्यान खिच्न थालेको थियो।Zoya Afroz

यो पनि हेर्नुहोस्-
जातियता सामना गरेका ५ बलिउड सेलिब्रिटी
बिजनेसम्यानसंग विवाह गरेका ८ बलिउड नायिका
पैसाले किनिन्छ बलिउडको अवार्ड, कलाकारले गरे खुलासा
२७ वटा बिकिनीमा सनी लियोनी
बिकिनी लगाएकोमा भयो बबाल, जवाफ झनै कडा