काठमाडौं, २ असार । बिरामीको पेटको शल्यक्रिया गर्दा कैँची, सियोधागो पेटभित्रै छोडिएका घटनासँग तपाइँ हामी सबै अभ्यस्त जस्तै भइसकेका छौं । तर एक युवकको पेटभित्रबाट ५० थरीका सामाग्री निकालिएको घटनाले सबैलाई आश्र्यमा पारिदिएको छ ।

सबैलाई आश्चर्यचकित पार्ने यो घटना हो भारत राजस्थान राज्यको उदयपुर इलाकाको । २४ वर्षीय गजेन्द्रलाई पेट दुख्ने, वान्ता हुने र खाना खान नसक्ने भएपछि एमवि अस्पताल भर्ना भए । उनको पेटको एक्सरे गर्दा पेटभित्र केही चिज भएको देखियो । त्यसपछि डाक्टरले सल्यक्रिया गरी उनको पेटबाट ५० किसिमका सामाग्री निकाले।

अस्पतालको शल्यक्रिया विभागका अध्यक्ष डा. डिके शर्माले गजेन्द्र लागुऔषध प्रयाेगकर्ता भएको बताएका छन् । लागूऔषधको नसामा रहँदा उनले जे चिजपनि खाने गर्दथे । गजेन्द्रको पेटबाट डाक्टरले चाबी, नेलकटर, सिक्का, साँचो, औठी, किला निकालेका छन्। शल्यक्रिया गरेर निकालिएका सबै वस्तु उनले विभिन्न समयमै आफैंले निलेका बताइएको छ । जसका कारण अहिले उनलाई अल्सर भएकाे छ ।