१९ माघ, काठमाडौं ।

भेडाको बथानमा बाख्रा भनेझैँ बिहारको मुजफ्पुरमा सम्पन्न एउटा कार्यक्रममा भाग लिन नेपालबाट उपेन्द्र यादव र राजेन्द्र महतो पुगेका छन् ।

हुन त त्यो कार्यक्रम युपी र बिहारका सांसदहरुको लागि मात्रै आयोजना गरिएको हो । तर, पनि नेपाल बाट यी दुई त्यहाँ किन पुगे भन्ने कुरो कसैले बुझ्न पाएका छैनन् । भेडाको बथानमा बाख्रा देखेपछि केही बिहारी सांसदले उपेन्द्र र राजेन्द्रको परिचय मागेछन् ।

उनीहरुले भनेछेन–अभि तो सीमांकन नही हुवा है । सीमांकन के वाद पत्ता चलेगा, हम लोक कौन प्रदेशका सांसद है ? उनीहरुको कुरा सुनेर जान न पहेचान मै तेरा मेहमान बन्न पुगेका उपेन्द्र र राजेन्द्रलाई रघुवीर सिहंले सोधेछन्–आन्दोलन छोड दिया ? सिंहको कुरो सुनेर दुवै ट्वा परेछन् । दृष्ट्रि साप्ताहिकमा खबर छ ।