एजेन्सी । मोडलबाट नन(भिक्षुणी) बनेकी सोफिया हयातले एक पटक विवाह र सेक्स नगर्ने कसम खाएकी थिइन् । तर, अब भने उनी प्रेममा परेकी छिन् र उनले बरमाला(इन्गेजमेन्ट) पनि गरिसकेकी छिन् ।

सोफियाले २४ एप्रिलमा विवाह गर्ने मिति तय गरिसकेकी छिन् । उनको यो परिवर्तनले जो–कोहीलाई अचम्ममा पारेको छ । सोफियाले आफ्ना प्रेमीसँगको सेमी न्युड तस्विर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् र यी तस्विरहरु निक्कै भाइरल बनिरहेका छन् ।

सोफियाले लामो समयपछि आफ्नो प्रेमीको नाम सार्वजनिक गरेकी हुन्, जसको नाम ‘व्लाद स्टानेस्कु’ हो । लामो समयको डे पछि सोफिया र व्लाद अचानक विवाह गर्ने निर्णयमा पुगेका थिए र सोफियाको परिवार–साथीभाई उनको विवाह गर्ने निर्णयलाई लिएर निक्कै खुशी छन् ।

व्लाद एक सफल व्यक्ति हुन्, जसले साउदी अरबियाको किंग फहद, क्याब्रिजका प्रिन्स विलियम ड्युक, ब्रुनाईका सुल्तानका लागि समेत काम गरिसकेका छन् ।