रुपन्देही, ७ बैशाख । बुटवलको विजय उत्सवमा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ ।

जितगढी किल्लामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाईएको हो । मञ्चमा भाषण गर्दै ओलीले जितगढी किल्लाको महत्वको बारेमा बोलीरहेका थिए । सोहि समयमा सुरक्षाकर्मीको घेरा तोड्दै रुद्रप्रसाद घिमिरेले मञ्च अगाडीको खाली भूभागमा आएर कालोझण्डा देखाएका हुन् ।

‘उजिरसिंह जिन्दाबाद, मेरो देश प्राण भन्दा प्यारो छ’ भन्दै घिमिरेले कालो झण्डा देखाएका थिए । अँग्रेजसँगका् युद्धमा जितगढीमा उजिरसिंह थापाको कमाण्डमा रहेको नेपाली सेनाले बिजय प्राप्त गरेको थियो । कालोझण्डा देखाउने राजनीतिक आवद्धता खुलेको छैन । कालो झण्डा देखाएपछि प्रधानमन्त्री केहीबेर बोलेनन् । घिमिरेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।