२४ मंसिर, काठमाडौ । भारतीय चर्चित कमेडियन कपिल शर्मा बुवा बनेका छ । शर्माकी श्रीमती गिन्नी चतरथले मंगलबार बिहान छोरीलाई जन्म दिएकी हुन् । उनले मुम्बईकै एक अस्पतालमा छाेरी जन्माएकी हुन् ।

पिता बनेपछि खुसी साट्दै कपिलले ट्वीटरमा आफूहरुलाई तपाईहरुको आर्शिवादको खाँचो रहेको बताएका छन् । कपिललाई यतिबेला सामाजिक सन्जालमा बधाई दिनेको ओइरो लागेको छ ।

उनलाई कपिल शर्मा शो मा नै पहिला काम गरेको सुनिल ग्रोवर अर्थाथ डाक्टर गुलाटी पनि बधाई दिएका छन् । उनीहरुबीच लामो समय शितयुद्ध रहेको भारतीय मिडियाहरुले खबर लेखेका थिए । शुभकामनामा उनले लेखेका छन्, ‘बधाई !! माया र शुभकामना’

कपिलले गिन्नी चतरथसँग गतबर्षको डिसेम्बरमा विवाह गरेका थिए । उनी पिता बन्ने कुरा उनको आफ्नै शो ‘द कपिल शर्मा शो’मा पनि बेलाबेला उठ्ने गरेको थियो ।