१० असार, बैतडी ।

नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले समाजिक सुरक्षा भत्ता पाँच हजार पु-याउन सकिने बताएका छन् । बैतडीको देहिमाण्डौंमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न गाडीको लावालस्कर सहित त्यहाँ पुगेका थापाले सो कुरा बताएका हुन । ६० बर्ष माथिका जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका ब्यक्ति आदीलाई देशको स्रोतले धान्ने भए पाँच हजार पु-याउन सकिने बताए ।

दशरथचन्द नगरपालिकामा कांग्रेसका स्थानीय मेयरका उम्मेदवार नरेन्द्र थापा र उप मेयर उम्मेदवार मीना चन्दका लागि भोट माग्न आएका थापाले नेपाली काग्रेस हुने खाने र धनी मानिसहरुको पार्टी भएको पनि बताए ।

एमाले, माओबादी लगायतका पार्टीहरुले लगाउने उक्त आरोप सही भएका बताउँदै थापाले कांग्रेस धनीको पार्टी भएको र गरिबी जनता सबैलाई धनी बनाउने उद्देश्यका साथ अघि बढिरहेको दाबी गरे ।

नेपाली कांग्रेसका स्थानीय उम्मेदवारहरुलाई भोट माग्न बैतडी, दार्चुला, बझाङ लगायतका जिल्लाहरुमा चुनावी अभियानका क्रममा थापा सुदूरपश्चिम क्षेत्रमा आइपुगेका हुन ।