२६ जेठ, काठमाडौं ।

बेलायतले संविधान कार्यान्वयन र नेपालका विकास योजनाबारे चासो राखेको छ । बेलायती विदेश मन्त्रालयका सचिव सर साइमन म्याकडोनाल्डसहितका प्रतिनिधिले प्रधानमन्त्री केपी ओलीलाई आज विहान भेटी संविधानप्रति असन्तुष्ट दलहरुको आन्दोलन, संविधान कार्यान्वय र विकास योजनाबारे चासो व्यक्त गरेका हुन् ।

“यो संविधान बचाउने कि नबचाउने?” ओलीलाई दमननाथ ढुंगानाको प्रश्न

बेलायती अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डिएफआइडी) का सचिव मार्क लोककसमेत सहभागि रहेको भेटवार्तामा प्रधानमन्त्री ओलीले संविधानमा कुनै पनि समस्या नरहेको र असन्तुष्ट पक्षका माग वार्तामार्फत समाधानको प्रयास भइरहेको जनाकारी दिएका थिए ।

PM KP Oli 31238420

पाल आर्थिक रुपमा सम्पन्न होस् भन्ने बेलायती चाहना रहेको र पुरानो मित्रका नाताले त्यसका लागि सहयोग गर्न इच्छुक रहेको भन्दै उनीहरुले लगानीको सुरक्षाबारे पनि चासो राखेका थिए ।

यो सरकारले अहिलेको समस्या समाधान गर्न सक्दैन- बादल

नेपालसँग दौत्य सम्बन्ध कायम भएको दुई सय वर्ष पुगेको अवसरमा मंगलबार नेपाल आएका बेलायती सचिवद्वयले विभिन्न राजनीतिक दलका नेतालाई पनि भेट्नेछन् ।

चिनियाँ कम्पनीले बुझायो काठमाडौ-पोखरा रेल्वे अध्ययनको प्रतिवेदन