३० असार, काठमाडौं।

बैंक अफ काठमाण्डू लि. र लुम्बिनी बैंक लि.एक आपसमा गाभिएर बैंक अफ काठमाण्डू लुम्बिनी लि. को नामबाट आज देखि एकीकृत कारोबार प्रारम्भ गरेको छ ।

BOKL Merger pic 1 (1)
नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको एक औपचारिक समारोहका बीच आज नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवी नेपालले बैंक अफ काठमाण्डू लुम्बिनी लि.को नयाँ कोरपोरेट लोगोको अनावरण गरी कार्यक्रमको सुरुवात गरे ।

दुबै बैंकले मर्जरका निमित्तसहमतिपत्रमा २०७२ पौष ९ गते हस्ताक्षर गरी नेपाल राष्ट्र बैंक समक्ष संयुक्त आवेदन दिएका थिए । नेपाल राष्ट्र बैंकबाट २०७२ चैत्र २६ गते मर्जरका निमित्त सैद्धान्तिक सहमति प्राप्त भए पश्चात् दुवैले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी २०७३ बैशाख २७ गते लुम्बिनी बैंक लि. लेतथा २०७३ जेष्ठ १७ मा बैंक अफ काठमाण्डू लि. ले मर्जर सम्बन्धी प्रस्तावहरु आ–आफ्ना वार्षिक साधारण सभाबाट पारित गराएका थिए।BOKL Merger pic 1 (2)

यी प्रक्रियाहरु पुरा गरे पश्चात् पछि मर्जरको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष संयुक्त आवेदन पेश गरी तहाँबाट २०७३ अषाढ २४ गते सो सम्बन्धी स्वीकृती प्राप्त गरेका थिए ।

मर्जरको माध्यमबाट एकिकृत हुने यी दुबै बैंक नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैंक हुन् । बैंक अफ काठमाण्डू लि. तथा लुम्बिनी बैंक लि. ले क्रमशः २०५१-११-२८ र २०६३-०१-१२ देखि आ–आफ्ना कारोवार शुरु गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३-७४ सम्ममा न्युनतम पूँजी रु ८ अर्ब पुर्याउनु पर्ने निर्देशनको अनुपालना गर्ने सम्बन्धमा दुबै बैंकले मर्जरलाई आधार बनाउन सकिने योजना सार्वजनिक गरे बमोजिम यस मर्जरको पहल गरिएको हो । यस मर्जरबाट एकिकृत संस्था बैंक अफ काठमाण्डू लुम्बिनी लि. को कूल चुक्तापूँजी रु.४,५७,६८,९१,००० पुग्न गएको छ । साथै, गाभ्ने बैंक बैंक अफ काठमाण्डू लि. तथा गाभिने बैंक लुम्बिनी बैंक लि. को शेयर सट्टा अनुपात १ : ०.८२८१ कायम गरिएबाट एकिकृत संस्थामा रु.३९,५५,३४,६८० को पूँजीगतजगेडा कोष समेत कायम हुन गएको छ ।

चालु आर्थिक वर्षको तेश्रो त्रयमासको अन्त सम्म बैंक अफ काठमाण्डू लि. को कूल निक्षेप तथाकर्जा क्रमशः रु ४०.७२ अर्ब तथा रु ३४.८५ अर्ब रहेको छ भने सोहि अवधिमालुम्बिनी बैंक लि. को कूलनिक्षेप तथाकर्जा क्रमशः रु २२.९४ अर्ब तथा रु. २०.३५ अर्ब रहेको छ ।

त्यसै गरी उक्तअवधि सम्म बैंक अफ काठमाण्डू लि. ले खुदमुनाफा रु ४८,३५,१२,५५७।५० आर्जन गरेको थियो भने लुम्बिनी बैंकले रु. २७,७९,३१,४७४।८० आर्जन गरेको छ ।