एजेन्सी । आइपीएल क्रिकेटको आजको पहिलो खेलमा मुम्बई इन्डीयन्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । केहीबेरमा सुरु हुने खेलमा मुम्बइ इण्डियन्सले टस जितेर फिल्डिङ रोजेपछि बैंगलोरले ब्याटिङ गर्ने भएको छ ।

बैंगलोर बिस्फोटक ब्याट्सम्यान तथा कप्तान आजदेखि खेल्ने भएका छन् । यसअघि खेलेका ३ खेलमा दुई खेल हारेको बैंगलोरले बिराट आएपछि खेलमा नयाँ मोड लिने अनुमान गरिएको छ ।

उनी चोटका कारण यसअघिका तीन खेलमा अनुपस्थित रहे । मुम्बई तीन खेलबाट चार अंक सहित अंक तालिकाको चौंथो नम्बरमा छ भने बेंगलोर दुई अंक सहित छैंठौ स्थानमा छ ।

आईपीएलमा आजै बेलुकी सवा आठ बजे गुजरात लायन्स र राईजिङ्ग पुने सुपरजाइन्ट्सबीच प्रतिष्पर्धा हुनेछ ।