३० असार, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएकाहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं वार्षिक साधारण सभालाई काठमाडौमा सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारमा गएकाहरुको जीवन सुरक्षा गर्न पनि सबै सरोकारवाला लाग्नुपर्ने बताए ।

उनले स्वदेशमा रोजगारीको अवसर नहुँदा नेपालीहरुले विदेशी भूमिमा काम खोज्न जानुपर्ने बाध्यतात्मक अवस्था रहेको पनि स्मरण गराए । प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारमा गएकाहरुको समस्या समाधान गर्न सरकार सदैव सकारात्मक रहेको उल्लेख गरे ।

उनले वैदेशिक रोजगारमा गएकाहरुले नेपालको अर्थतन्त्रमा ठूलो योगदान दिएको पनि स्पष्ट पारे । संघको साधारणसभाले भावी कार्यदिशा तय गर्दे नयाँ नेतृत्व चयन गर्नेछ ।