३२ साउन, काठमाडौँ ।

सुरक्षाको पूर्ण प्रबन्ध भए मात्र नेपाली कामदार अफगानिस्तान पठाउन सकिने सरकारले गठन गरेको एक कार्यदलको प्रतिवेदनले सुझाव दिएको छ ।

प्रधानमन्त्री प्रचण्डको दुर्लभ भिडियो सार्वजनिक (भिडियो सहित)

केही समय पहिले १३ नेपालीको ज्यान गएको अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोटको घटनाको छानबिनका लागि गठन भएको टोलीले दिएको प्रतिवेदनमा पूर्ण सुरक्षाको प्रबन्ध नहुँदासम्म नेपाली कामदार पठाउन नसकिने र नहुने निष्कर्ष निकालेको छ ।

फाइल तस्बिर

फाइल तस्बिर

श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालको संयोजत्वकमा गठित कार्यदलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाउँदै द्वन्द्वग्रस्त मुलुकमा नेपाली कामदार पठाउन पूर्ण रुपमा सचेतना अपनाउन सुझाव दिएको हो । सचिव लम्साल नेतृत्वमा सरकारले गत असार ९ गते उच्चस्तरीय कार्यदल गठन गरिएको थियो । प्रतिवेदनमा सुरक्षाको प्रत्याभूति गराउने र कार्यस्थलमै सुरक्षित वासस्थानको सुनिश्चिता गरेर मात्रै चौकीदारका रुपमा नेपाली कामदार पठाउन सकिने उल्लेख छ ।

प्रचण्डले एक शर्त पुरा गरे भारतीय राष्ट्रपति नेपाल आउने

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले कार्यदलको सुझावलाई पूर्ण रुपमा कार्यान्वयन गरिने र पूर्ण रुपमा पालना गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रधानमन्त्री प्रचण्डका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्रीले द्वन्द्वग्रस्त मुलुकमा कामदार पठाउने विषय नै गम्भीर भएकाले त्यसमा पूर्ण रुपमा सचेतना अपनाउनुपर्नेमा जोड दिए ।

“विदेशमा रोजगारीका लागि गएका नेपालीको सुरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्छ भन्ने नै सरकारको धारणा हो । प्रतिवेदन अध्ययन गरेर यसबारेमा मन्त्रिपरिषद्को बैठकमा छलफल गरी निर्णय गरिनेछ” – प्रधानमन्त्रीले भने

सो अवसरमा आपूर्तिमन्त्री एवम् तत्कालीन श्रममन्त्री दीपक बोहोराले नेपाली कामदारको सुरक्षाका विषयमा सरकारले प्रभावकारी रुपमा कदम चाल्ने बताउनुभयो । कार्यदलका संयोजक सचिव लम्सालले सरोकार भएका सबै पक्षको सहयोग एवम् स्थलगत अध्ययनका आधारमा प्रतिवेदन तयार पारिएको जानकारी गराएका थिए । रासस