२ मंसिर, काठमाडौं ।

मोहन बैद्य नेतृत्वको नेकपा माओवादीले भारतीय नाकाबन्दी विरुद्ध कडा आन्दोलनको घोषणा गरेको छ । नाकबन्दीको विरोध र राष्ट्रियताको आन्दोलन चलाउने उद्घोष गर्दै माओवादीले भारतीय दुताबास घेराउ गर्ने कार्यक्रम समेत तय गरेको छ ।

बैद्य माओवादीको बुधबार जारी विज्ञप्तिमा माओवादीले आगामी मंसिर ७ गते भारतीय दूतावासमा ज्ञापनपत्र दिने र दिउँसो १ बजेदेखि ३ बजेसम्म दुई घण्टा धर्ना दुताबासमा घेराउ गर्दै धर्ना दिने उल्लेख छ ।

mohan baidya

मा‌‌‌ओवादीले आगामी मंसिर ९ मा प्रधानमन्त्री कार्यालयमा विरोधपत्र बुझाएर २ घण्टा धर्ना दिने छ भने देशका विभिन्न भागमा प्रदर्शन समेत गरिने जनाएको छ ।

सच्चा देशभक्त, जनवादी र वामपन्थी शक्तिहरूलाई संयुक्त सङ्घर्षका लागि आहृवान गर्दै विज्ञप्तिमा माओवादी शक्तिहरूका बीचमा एकीकरण र ध्रुवीकरणको प्रक्रिया अगाडि बढाउन आवश्यक पहल गर्ने निर्णय भएको जानकारी समेत दिइएको छ ।