१३ चैत, जनकपुर ।

साहुमहाजनबाट लिएको ऋणको चक्रवृद्धि ब्याज तिर्न नसकेर धनुषाको  शान्तिपुर १ का २८ जना विस्थापित भएका छन् । कतिपय भिख मागेर खान बाध्य भएका छन् । थारु, दनुवार र मुस्लिम बसोबास भएको उक्त क्षेत्रका मानिस साहुमहाजनको ऋण चुक्ता गर्न नसक्दा र दुव्र्यवहार सहन नसकेर गाउँ छाड्ने बाध्य भएको स्थानीय सहजादी खातुनले बताइन् ।

बस्तीका ४० वर्षीय मोहम्द नजामनटको घरपरिवार विभिन्न वित्तीय संस्था साहुमहाजनबाट लिएको ऋण तिर्न नसकी एक money new१२ वषिर्य छोरीलाई छाडेर परिवारका अन्य सदस्यसहित गाउँ छाडेको छन् । नजामनटले साहुमहाजनको ताकेता र यातना खेप्न नसकी १२ वर्षकी छोरी रनिया खातुनलाई घरमै छाडेर दुई छोरी, तीन छोरा, पत्नी र एक बहिनीसहित बस्ती छाडेको छिमेकी चन्द्र मण्डलले बताए । रनिया अहिले अर्काको घरमा मजदूरी गर्दै आएकी छन् ।

गरिब बस्तीका धेरैजसोलाई रोजहा ऋण(एक दिनका लागि लिएको ऋण) को बढ्दो व्याज र स्याजले समस्या निम्तयाएको स्थानीय गीता सिंहले बताइन् । रोजहा ऋण दिँदा साहुमहाजनले पाँच हजारको एक दिनको एक सय रुपैयाँ ब्याज लिने गरेको र एक महिनाभित्र कर्जा चुक्ता नगरे ब्याजको स्याज जोडेर असुल्ने गरेकाछन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ।