१४ मंसिर, काठमाडौं ।

ब्राजिलका फुटवल खेलाडी बोकेको एक विमान कोलम्बियामा दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

समाचार संस्था एपीका अनुसार ब्राजिली क्लव फुटवलका खेलाडीहरु बोकेको उक्त विमान कोलम्बियामा दुर्घटना भएको हो ।

कन्चन शर्माका छोराले लेखे- आमाका अमर्यादित काम सामाजिक सञ्जालमा भन्न सक्दिन

विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार रहेको बताइएको छ । कोलम्बियाका अधिकारीहरुले दुर्घटनाको पुष्टी गरेका छन् ।

विमानमा रहेकाहरुको अवस्थाबारे कुनै जानकारी आएको छैन ।