एजेन्सी ।

बलिउडमा ब्रेकअप र सम्बन्ध विच्छेदका समाचारले पछिल्लो समयमा हेडलाइन बनाइरहेका छन् । केही दिन अघि मात्र सलमान खानका भाइ बुहारी अरवाज खान तथा मलाइका अरोरा खानको सम्बन्ध विच्छेद हुन लागेको समाचारले बलिउड तातेको थियो ।

अरवाज र मलाइकाले यस विषयमा खुलेर सार्वजनिक टिप्पणी गर्न अस्वीकार गर्दै आएका छन् । तर मलाइका अरोरा खानले सामाजिक सञ्जालबाट हल्लातर्फ इङ्गित गर्दै दिएको जवाफले बलिउडमा पुनः हंगामा भएको छ ।

malaika-arora-arbaaz-khan2

मलाइकाले अर्काको कुरामा बढी चासो लिएको भन्ने अर्थामा “मेरो क्षेत्रमा तिम्रो नाक भेटियो” अर्थात तिमीले मेरो कुरामा नचाहिने चासो लिएको पाएँ भन्ने चलाखी पूर्ण जवाफ फर्काएकी छीन् ।

उनको यो जवाफ उनका पतिले सामाजिक सञ्जालबाटै दिएको जवाफपछि आएको छ । अरवाजले पहिलो पटक प्रतिक्रिया दिँदै अरुको विषयमा अनावश्यक टिप्पणी गर्दै समय बरबाद नगर्न आफ्नै जिन्दगीको हेरविचार गर्न आलोचकहरुलाई सुझाव दिएका थिए ।

उनकी पत्निको पनि उस्तै आसय देखिएको छ ।

ब्रेकअपको हल्लापछि अरवाजले भने- दुनियाँ कराइ रहन्छ

मलाइका र अरवाज खानको ब्रेकअपको कारण अर्जुन कपुर

यस अघि भारतीय मिडियाहरुले मलाइका अरवाजको सम्बन्धमा दरार आउनुको कारण अभिनेता अर्जुन कपुर रहेको उल्लेख गरेका थिए । अर्जुन र मलाइकाको सम्बन्ध नजिक भएपछि अरवाज र मलाइकाबीचमा तिक्तता पैदा भएको समेत दावी गरिएको छ ।

Malaika Arwaj Khan 1

मलाइकाले केही समय अघि अरवाजसँग बस्दै आएको बन्द्रास्थित घर समेत छोडेर अन्यत्रै बस्न थालेकी छिन् । अर्जुन र मलाइकाबीच सम्बन्ध गहिरिएका कारण मलाइका पति अरवाजसँग छुट्टिने अवस्थामा पुगेको दावी कतिपय सञ्चार माध्यमले गरेका छन् ।

तर पछिल्लो अरवाज मलाइकाको प्रतिक्रियाले भने रहस्य झनै बढाएको छ ।