१७ असोज, भक्तपुर । भक्तपुर नगरपालिका– १ इताछेंस्थित एक घरमा आज बिहान आगलागी भएको छ ।

नवदुर्गा हल अगाडि रहेको कृष्णबहादुर बोयजूको घरको पाँचौं तलामा रहेको भान्छामा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी भक्तपुरको जुद्धवारुण यन्त्रले नियन्त्रणमा लिएको छ । आगलागीका कारण र क्षतिको विवरण नआएको प्रहरी परिषर भक्तपुरले जनाएको छ ।