२६ मंसिर, काठमाडौँ।

गृहमन्त्री शक्तिबहादुर बस्नेतले शतप्रतिशत पूर्ण मान्न नसकिए पनि लोकतान्त्रिक मानिएका संविधानको सूचीमा नेपाल अग्रणी रहेको बताएका छन् ।

sakti basnet home minister (1)

यहाँ आज आयोजित साक्षात्कारमा उनले भने, “दुनियाँको लोकतान्त्रिक संविधानको सूचीमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म बोकेको समानुपातिक र समावेशी सिद्धान्तमा आधारित नेपालको संविधान नै अगाडि रहेको छ ।”

नाकाबन्दीका कारण आपूर्ति व्यवस्थामा देखिएको असहज परिस्थितिबाट कसैलाई पनि अनुचित लाभ उठाउन नदिन सरकार सचेत रहेको बताउँदै गृहमन्त्रीले भने, “अत्यावश्यक वस्तुको अभाव हुन नदिन तथा जनताले अनावश्यक मार खेप्न नपरोस् भन्नेमा सरकार सजग छ ।”

“वार्ता र संवादको माध्यमद्वारा मुलुकमा देखिएका सबै खाले समस्या टुङ्गोमा पुगोस् भनेर सरकारका कामकारबाही त्यसै दिशातर्फ क्रियाशील रहेका छन्’– गृहमन्त्रीले भने ।

सीमा नाकामा असहज अवस्था रहे पनि विभिन्न विचार बोकेका व्यक्तिले परिकल्पना गरेजस्तो भयावह अवस्था नरहेको बताउँदै उनले धैर्य र सुझबुझपूर्ण नेपाली जनताले सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्ने पाटोमा ठूलो योगदान पुर्याएको भनी प्रशंसा गरे ।

यो पनि पढ्नुस्।

भारतलाइ झुक्न बाध्य पारिनेछ: भुसाल

जन्मदिनमा प्रचण्डलाई तनाव

आन्दोलन र धर्नामा बस्नेको सङ्ख्यामा कमी