२ असोज, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले अटो तथा ई रिक्साहरुलाई महानगरको राजमार्ग क्षेत्रमा जोरविजोर नियम लागू परेपछि विरोधमा उत्रिएका अटो तथा ई रिक्सा संचालकहरु आजपनि प्रदर्शन गरेका छन् ।

उनीहरुले आज भरतपुर महानगरपालिकाको मुलद्वार नजिकै सडकमा आफ्ना सवारी साधन राखेर सडक अवरुद्ध गरेका छन् । सडक खुलाउन स्थानीय प्रशासनले प्रहरी तथा ट्राफिकको तैनाथी गरेपनि सडक पूर्णरुपमा खुल्न सकेको छैन । सडक अचानक बन्द हँुदा चाडवाडको सयममा किनमेलमा आएकाहरु मारमा परेका छन् ।

इ रिक्सा तथा अटो रिक्सा संचालकहरुले भने नियम लागू गर्ने भए सवै सवारी साधनलाई गुर्नुपर्ने माग गर्दै आएका छन् । भरतपुरमा सवारी साधन अत्यधिक भई वजार अस्तव्यस्त बनेको र दुर्घटनाको संभावना वढेको भन्दै भरतपुरमा बसेको सर्वपक्षीय वैठकले यही असौज १ गतेवाट नगरको राजमार्ग क्षेत्रमा जोर विजोर नियम लागू गरेको हो ।

चितवनमा २ हजार ५ सय भन्दा वढी अटो तथा ई रिक्साहरु संचालनमा रेहका छन् । साना सवारी साधनहरु एकैपटक सडकमा निस्कँदा शहर अस्तव्यस्त देखिन्छ । भरतपुर महानगरले भने घोषणा भएको निर्णय कुनैपनि हालतमा फिर्ता नहुने अडान लिएको छ ।