९ जेठ, काठमाडौं । बहुचर्चित भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर घटेको छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार यसअघि झण्डै ४ हजार पुगेको मतान्तर ३५ सय १८ मा झरेको छ ।

पछिल्लो विवरण अनुसार एमाले उमेद्बार देबी ज्ञवालीले २६ हजार २ सय ५३ मत प्राप्त गरेका छन् । माओवादीकी रेणु दाहालले २२ हजार ८ सय ९६ मत ल्याएकी छिन् ।१३ नम्बर वडाको पहिलो १२ सय मत गणना हुँदा रेणुले ६ सय ७६ मत ल्याइन् भने देबीले ३ सय ५७ मत पाए ।

उपप्रमुखमा काँग्रेसकी पार्वती शाह २६ हजार २ सय ५३ मतसहित अगाडि छिन् । एमालेकी दिब्या आचार्यको २३ हजार ७ सय ३८ मत छ ।