३० जेठ, काठमाडौं ।

बहुप्रतिक्षित भरतपुर काण्डको फैसला आज पनि नहुने सम्भावना देखिएको छ । आइतबारका लागि पेशि तोकिएको उक्त मुद्धाको रिट त्यस दिन प्राथमिकतामा नपरेपछि हेर्दाहेर्दैमा राखेर आजका लागि तोकिएको थियो । आइतबार क्रम संख्या ‘ध’ मा परेको रिट आज २ स्थान माथि उक्लेर क्रम संख्या ‘थ’ मा परेको छ ।

बन्दी प्रत्यक्षीकरण र पुराना रिट निवेदन धेरै भएकाले भरतपुरको रिट निवेदन प्राथमिकतामा पर्न नसकेको सर्वोच्चले जनाएको छ । आज उक्त रिट कायम मुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा तोकिएको छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा जेठ १४ गते राती ९० वटा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले उक्त स्थानमा पुनमतदान गर्ने निर्णय गरेको थियो । तर नेकपा एमालेले पुनः निर्वाचन नभई पुनः मतदान गर्नु पर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेको हो ।

सर्वोच्च अदालतले गत आइतबार नै उक्त रिटका पक्ष विपक्ष दुबैलाई बोलाएर छलफल गरेर मात्र फैसला गर्ने भनेको थियो । तर आज पनि पालो आउन नसकेमा उक्त रिट निवदेन माथिको बहरस आगामी अइतबारका लागि तोकिने छ ।