१२ जेठ, काठमाडौं।

भरतपुर महानगरको ताजा मत परिणाम आएको छ। ताजा परिणाम अनुसार एमालेका उम्मेदवार देवी ज्ञवालीले ३४ हजार ४ सय ९१ मत ल्याएका छन्। त्यस्तै उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी रेणु दाहालले ३२ हजार ९ सय ४२ मत ल्याएकी छिन्।

वडा नं १६ मा जम्मा खसेको मत ५७२३ मध्ये हाल ३२०९ गणना हुदाँ यी दुई प्रतिस्पर्धीबीच १५४९ मत अन्तर छ । यो वडामा मात्रै देवीको १५० मत बढी आयो । पछिल्लो ६०० मत गन्दा ११ मत मात्रै देवीले बढी ल्याएका छन् । देवीको अग्रता सामान्य बढ्दो क्रममा देखिएको छ।