२ जेठ, भरतपुर ।
भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (एमाले) का देवीप्रसाद ज्ञवाली अगाडि रहेका छन ।
हालसम्म गरिएको एक हजार चार सय मत गणनामा ज्ञवाली ७५१ मतका साथ अग्रस्थानमा छन भने उनका निकट्तम प्रतिद्वन्दी कांग्रेस र माओवादी केन्द्रको गठबन्धनकी रेणु दाहाल ले ५९५ मत ल्याएकी छन ।
त्यस्तै राप्रपाका बद्री तिमल्सिनाले ३७ मत ल्याएका छन ।
कांग्रेससँग गठबन्धन गरेर चुनावमा जाँदा पनि माओवादीकी रेणु दाहाल मत परिणाममा किन पछि परिन, यो सोचनीय विषय नै भएको छ ।