७ जेठ, चितवन ।

भरतपुर महानगर प्रमुखका उम्मेदवारको मतान्तर झन बढ्दै गएको छ । अहिलेसम्म एमालेका उम्मेदवार देवी ज्ञवालीले १३८४ मतले माओवादीकी रेणु दाहाललाई पछि पारेका छन् ।

ज्ञवालीले १९२९० मत पाएका छन् भने रेणु दाहालले १७९०६ मत प्राप्त गरेकी छन् । उपप्रमुखमा काग्रेसकी पार्वती शाहले २०६२३ र दिव्य आचार्यले १६९९० मत पाएकी छन् । अहिले वडा नम्बर ११ को मतगणना भईरहेके छ । उक्त क्षेत्र एमालेको मुख्य गढ मानिन्थ्यो ।