२१ फागुन, काठमाडौं ।

नेपाली कांग्रेसको महाधिवेशन उद्घाटनमा अतिथिकोरुपमा काठमाडौं आएका भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका उपाध्यक्ष एवं उत्तराखण्डका पूर्वमूख्यमन्त्री भगतसिंह कोश्यारीले एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवासमा भेटवार्ता गरेका छन् ।

प्रचण्डलाई भेट्न कोश्यारी शुक्रबार बिहान प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । नेता कोश्यारीले प्रचण्डसँग कांग्रेस महाधिवेशनपछिको राजनीतिक समिकरण बारे चासो राखेको बताइएको छ ।

Prachanda Koshyari

प्रचण्डले पनि महाधिवेशनपछि कांग्रेस नेतृत्वमा सरकार गठन हुन सक्ने संकेत कोश्यारीसँग गरेको लाजिम्पाट श्रोतले बताएको छ ।

आजै मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुने नभएर केवल विस्तार मात्र हुने बताएका छन् । कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुने चर्चा चलिरहेको बेला प्रधानमन्त्री ओलीको ट्वीटरबाट यस्तो प्रतिक्रिया आएको हो ।

प्रधानमन्त्रीले प्रचण्डलाई दिए ट्वीटरबाट जवाफ

केही दिन यता एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुने बताउँदै आएका छन् । कतिपय एमालेका नेताले समेत यस्तै संकेत गर्न थालेपछि ओलीले ट्वीटरबाट सरकार विस्तार मात्र हुने बताएका हुन् ।

नीतिशले काठमाडौंमा बोलेको कुरा भारतमा हेडलाइन

यस अघि कांग्रेस महाधिवेशनको उद्घाटन शत्रमा प्रचण्डले कोश्यारीको नाम नै लिएर अव भारतले नाकाबन्दी जस्ता ब्यवहार दोहोर्‍याउन नहुने चेतावनी दिएका थिए ।