एजेन्सी।

सलमान खान फेरि मामा बनेका छन्। उनकी कान्छी बहिनी ‘अर्पिता खान शर्मा’ले एक छोरालाई जन्म दिएकी छिन्, जसको नाम ‘आहिल’ राखिएको छ। सलमानले यो खबर सुन्नेबित्तीकै सारा काम छोडेर अस्पताल दौडिएका थिए र आफ्नो भाञ्जालाई चुमेका थिए।

अर्पिताका भेना ‘अतुल अग्निहोत्री’ले उनी आमा बनेको जानकारी ट्वीटरमार्फत सेयर गरेका थिए। यसलगायत अर्पिताका पति ‘आयुष शर्मा’ले पनि इन्स्टाग्राममार्फत आफ्ना फ्यानहरूलाई यो खुशीको खबर सुनाएका थिए।

Thank you all for the lovely wishes. ??

A photo posted by Aayush Sharma (@aaysharma) on

सासुलाई पहिल्यै देखि छोरा हुन्छ भन्ने विश्वास थियो…

अर्पिताको बेबी शावरको क्रममा उनकी सासु आमाको उपहार अरूको उपहारभन्दा भिन्न थियो। सासु ‘सुनिता शर्मा’को उपहारमा सबै लुगाकपडाहरू छोराकै लागि थियो। उनलाई सायद पहिल्यै थाहा थियो कि उनको घरमा नाति नै आउनेवालामा छ।

Our Prince has arrived ????

A photo posted by Aayush Sharma (@aaysharma) on

२०१४ मा भएको थियो विवाह…

सलमानकी बहिनी अर्पिताले सन् २०१४ नोभेम्बर १८ मा आफ्नै बोइफ्रेण्ड ‘आयुष शर्मा’सँग हैदराबादको फलकनुमा पार्टी प्यालेसमा विवाह गरेकी थिइन्।

सलीमकी धर्मपुत्री हुन् अर्पिता…

अर्पिता खान चर्चित लेखक सलीम खानकी धर्मपुत्री हुन्। सन् १९८१ मा हेलनसँग विवाह गरिसकेपछि सलीम खानले उनलाई एकदमै कम उमेरमा धर्मपुत्री बनाएका थिए।

इन्टरनेटमा अर्पितालाई लिएर अनेकौँ किसिमका जानकारी भेट्न सकिन्छ। कसैले अर्पितालाई सलीमले धर्मपुत्री बनाएका हुन् भनेका छन् भने कसैले हेलनले बनाएकी हुन् भनेका छन्। कतिले त अर्पितालाई हेलनले फुटपाथबाट उठाएर ल्याएको पनि भनेका छन्। अफवाहको वावाजुद, सलीम खान उनलाई आफ्नै छोरी जस्तै ठान्छन्।arpita-khan-sharma_145932

यो पनि हेर्नुहोस्-
९औँ सिजनमा २०८ करोड लिएका सलमानले बिग बोसको लागि बढाए आफ्नो शुल्क
प्रस्तुति दिन पुगेका सलमान भेटिए अर्धनग्न घण्टौँ चेन्जिङ रुममा
त्यसो भए, सलमानले यूलियासँग बिहे नगर्ने भए, यस्तो छ कारण…