२२ साउन, एजेन्सी । प्रशान्त महासागरीय द्वीप राष्ट्र भानुआटुमा बुधबार ५.९ रेक्टर स्केलको भूकम्प गएको छ ।

अमेरिकी सर्वेक्षण संस्थाका अनुसार स्थानीय समयानुसार मङ्गलबार ९ः१४ बजे बिहान सो भूकम्प आएको थियो ।

भूकम्पको केन्द्रविन्दु भानुआटुको राजधानी शहर पोर्ट भिलाबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको इलाकाको १४९.८ किलोमिटर गहिराईमा रहेको थियो ।

भूकम्पको कारण हालसम्म मानवीय र भौतिक सम्पति क्षतिको कुनै समाचार प्राप्त भएको छैन भने सुनामी आउने सुचना पनि जारी गरिएको छैन ।