२१ फागुन, नयाँ दिल्ली ।

भारतका पूर्व साभामुख पि ए संगमाको ६८ वर्षको उमेरमा शुक्रबार निधन भएको समाचार छ । हृदयघातबाट उनको निधन भएको समाचारमा जनाइएको छ ।

नयाँ दिल्लीमा रहेको आफ्नो निवासमा शुक्रबार बिहान हृदयघातबाट उनको निधन भएको समाचारमा जनाइएको छ ।

PA Sangma

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय संसदको तल्लो सभा, लोकसभाका सभामुख सुमित्रा महाजनले उनको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

त्यसैगरी उनको निधनप्रति शोक व्यक्तगर्दै भारतीय संसदको आजका लागि बोलाइएको अधिवेशन यही मार्च ८ सम्मका लागि स्थगित गरिएको पनि समाचारमा जनाइएको छ ।

उनलाई भारतमा उत्तरपूर्वी क्षेत्रका हस्तीका रुपमा चिनिन्थ्यो । उनको निधनले भारतीय राजनीतिका एक असल व्यक्ति मात्र नभएर उत्तरपूर्वी क्षेत्रमा पनि ठूलो क्षति पुगेको प्रधानमन्त्री मोदीले ट्वीट गरेका छन् ।

संगमा सन् १९९६ देखि १९९८ सम्म भारतीय संसदको सभामुख भएका थिए । उनी भारतीय राज्य मेघालयको मुख्यमन्त्री समेत बनेका थिए ।

पूर्व सभामुख संगमा सन् १९८८ देखि १९९० सम्म भारतीय मेघालय राज्यको मुख्यमन्त्री बनेका थिए । उनको कार्यकाल अत्यन्तै सफल रहेको र उहाँले सो राज्यमा धेरै राम्रा काम गरेका थिए ।

उनी वर्तमान भारतीय राष्ट्रपति प्रणव मुखर्जीको प्रत्यासीका रुपमा भारतको राष्ट्रपति पदमा पनि उम्मेदवार बनेका थिए । रासस÷एएफपी