२० माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा भारतीय एकाधिकार तोड्न खोज्दा आफूले सरकार छाड्नुपरेको बताएका छन् ।

फाइल तस्बिर

पार्टी निकट किसान संगठन अखिल नेपाल किसान महासंघले खाद्य सम्प्रभुता र किसान अधिकारका लागि दक्षिण एसियाली किसान सम्मेलनको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । भारततर्फ लक्षित गर्दै ओलीले भने, ‘एउटा देशको मुठ्ठीमा रहेको नेपालको अन्य छिमेकी देशसँग पनि सम्पर्क बिस्तार गर्नुपर्दा म सरकारबाट हट्नुुपर्यो । देश अहिले ऐतिहासिक ठाउँमा प्रवेश गरेको छ ।’

उनले आगामी माघ महिना भित्रै स्थानीय, प्रदेश र संघको निर्वाचन नगर्ने हो भने ठूलो राजनीतिक संकट आउने चेतावनी दिए । तर पनि सरकारले चुनावलाइ महत्व नदिएकाे उनकाे भनाइ थियाे ।