११ चैत, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोआओ फोरमलाई सम्बोधन गर्ने क्रममा भारतले नेपालमाथि लगाएको नाकाबन्दीको घुमाउरो भाषामा विरोध गरेका छन् ।

प्रधानमन्त्रीले अरुको देशको कमजोरीमा फाइदा नलिन बरु सहकार्य बढाउन आग्रह गरेका हुन् ।

चिनियाँ पत्रकारले ओलीलाई सोधेको सबैभन्दा जटिल प्रश्नः ओलीलेे जवाफ दिन सकेनन्

प्रधानमन्त्री ओलीले छिमेकमा रहेका देशहरुले एक-अर्कोको कमजोरीबाट फाइदा उठाउन भन्दा पनि सहकार्यको खाकामा एसिया अघि बढ्नुपर्ने धारणा राखे ।

KP Oli New pm

नेपाल विचारहरुको खुला प्रवाह, अवरोधविहीन व्यापार सम्पर्क तथा सबैको जित हुने सहकार्यको प्रारुप सृजना गरेर अघि बढ्नु पर्ने पक्षमा रहेको ओलीले बताए ।

प्रधानमन्त्रीसहितको टोली ‘बोआओ फोरम’ को वार्षिक सम्मेलनमा भाग लिन बुधबार साँझ चीनको राजधानी बेइजिङबाट दक्षिण पूर्वी तटीय सहर सान्या आइपुगेको हो ।

ओलीले चिनियाँ भाषा नबुझ्दा के भयो ( भिडियो)

ओली चीनमा मस्त, प्रचण्ड अर्कै तयारीमा ब्यस्त

मोदीले घोषणा गरेको ४० अर्ब ऋणलाई अनुदानमा परिर्वतन नगर्ने भारतको संकेत

सान्या आउनुअघि प्रधानमन्त्री ओलीले बेइजिङस्थित ‘ग्रेटहल अफ द पिपुल’ मा बुधबार जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष यु झेङ्गसेंगसँग भेट गरेका थिए । उनीहरुबीच नेपाल चीनबीच विभिन्न क्षेत्रमा सहयोग आदानप्रदान गरी सम्बन्ध सुदृढ गर्नुपर्ने विषयमा छलफल भएको थियो ।