२५ साउन, एजेन्सी । जम्मू–कश्मीरको स्वायत्त रहने व्यवस्था खारेज गरेसँगै भारत–पाकिस्तान सम्बन्धमा दरार उत्पन्न भएको छ ।

पाकिस्तानले दिल्ली–लाहोर चल्ने बस सञ्चालनमा पनि रोक लगाएको छ । पाकिस्तानको यो रोकसँग भारत र पाकिस्तान चल्ने हरेक बससेवा बन्द भएको छ ।

भारतले संविधानको ३७० र ३५ए संवैधानिक व्यवस्था खारेज गरेपछि पकिस्तानले कुटनीतिक र आर्थिक सम्बन्ध तोडेको छ । यसअघि भारत सरकारले पाकिस्तान सरकारको यो निर्णयलाई पुनर्विचार गर्न अपिल गर्दै गर्दा उसले भारत–पाकिस्तान चल्ने समझौता एक्सप्रेसको रेल पनि सिमामा ल्याएर रोकेको थियो ।

पाकिस्तानले रेल चालक र रेलमा रहेका पाकिस्तानी कर्मचारीको सुरक्षाको कारण देखाउँदै सीमामा ल्याएर रेल रोकेको थियो । त्यसपछि पाकिस्तान सरकारले पाकिस्तानमा बलिउड फिल्मको प्रदर्शनमा रोका लगायो ।