१२ असोज, काठमाडौं ।

पाकिस्तानी मिडियाले भारतलाई नेपाल र भुटान जस्तो ठानेर पाकिस्तानलाई नधम्क्याउन चेतावनी दिएको १ साता नवित्दै त्यहाँका पूर्व सैनिक शासक जनरल परवेज मुशर्रफले पनि नेपालको नाम लिएर भारतलाई चेतावनी दिएका छन् ।

किन पुगे भारतीय राजदूत कोरला नाका ?

पाकिस्तानले चेतावनीः यस्तो भयो भने युद्ध घोषणा मानिनेछ

पाकिस्तान नेपाल र भुटान जस्तो कमजोर नरहेको भन्दै उनले भारतलाई पाकिस्तानलाई कमजोर नसोच्न सचेत तुल्याएका हुन् ।

Pervez Musharraf

भारतीय टेलिभिजन आजतकलाई दिएको एक अन्तरवार्ताका क्रममा मुशर्रफले पाकिस्तान एक शक्तिशाली राष्ट्र भएको भन्दै नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई चेतावनी दिँदै भारतले युद्धको भाषा बोल्न नसुहाउने बताए ।

अन्तर्वार्तामा अपमानजनक ढंगले नेपालको नाम लिँदै मुशर्रफले भने, ‘भारतले पाकिस्तानलाई कमजोर नसोचे हुन्छ हामी नेपाल र भुटान जस्तो कमजोर र भारतको इसारमा चल्ने देश होइनौं’ ।

पाकिस्तानी सेना प्रमुखको हातमा मोदीको काटिएको टाउको !

भारतले पाकिस्तानलाई युद्धमा हराउँछु भन्ने सोचेको भए त्यो दिवा स्वपना मात्र हुने भन्दै आँट भए पाकिस्तानमा आक्रमण गरेर देखाउन पनि उनले चेतावनी दिएका छन् ।

परवेज मुशर्रफको जन्मदिनमा शुभकामना दिन उनकै निवाशमा पुग्ने मोदीले युद्धको भाषा बोलेको प्रति ब्यङ्ग्य गर्दै उनले तिनै मोदीले अहिले आएर पाकिस्तानमा सार्क सम्मेलनमा सहभागी नहुनु बताउनु लाजलाग्दो कुरा भएको टिप्पणी समेत गरे ।

पाकिस्तानी पत्रिका पनि भन्छ- नेपाल भारतसँग लाचार

यसै साता पाकिस्तानी पत्रिका एक्सप्रेसले नेपाल र भुटान भारतका अगाडी निरिह देश रहेको संकेत गर्दै लेखेको थियो, “पाकिस्तान यदि परमाणु शक्ति नभएको भए भारतले सैन्य कारवाहि गर्न कत्तिपनि ढिला गदैनथियो । हामी युद्ध चाहदैनौ,तर हामी भूटानी र नेपाली पनि होइनौ र यो संदेश पाकिस्तानी सरकार र पाकिस्तानी जनताको तर्फबाट एउटै स्वरमा जानु पर्छ ।”

प्रचण्डको सुरक्षा घेरमा घुसपैठः जे पनि हुन सक्थ्यो

पाकिस्तानका पूर्व सैनिक शासक र यो पत्रिकाले नेपाल र भुटनानको नाम लिएर दिएको अभिब्यक्तिले पाकिस्तानमा भारतले नेपाललाई निरिह बनाएर राखेको भन्ने बुझाइ ब्याप्त रहेको बुझ्न कठिन छैन । नेपालमा भुटानिकरण भन्दै भुटानको मोडल भारतले नेपालमा अपनाउन खोजेको भन्ने गरिन्छ । तर पाकिस्तानमा भने नेपाल र भुटान भारतका लागि बराबर हैसियतका भएको भन्ने बुझाइ रहेको पूर्व शासक र पत्रिकाले हेडलाइनले देखाएको छ ।