२९ कात्तिक, हेटौडा ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले नेपालको आन्तरिक मामिलालाई निहुँ बनाएर भारतले गरेको नाकाबन्दी नेपालीले कहिल्यै नबिर्सने टिप्पणी गरेका छन् । उनले भारतले गरेको नाकाबन्दीलाई अपराधको संज्ञा दिएका छन ।

गृह जिल्ला मकवानपुरमा उनको स्वागतमा त्यहाँको उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले नेपालीको खुसी साट्ने दसैं, तिहार र छठको समयमा नाकाबन्दीका कारण चुलोमा आगो नबलेको क्षण नेपाल र नेपालीका लागि दुःखद् रहेको बताए ।

Kamal Thapa Hetauda

मुख्य राजनीतिक नेतृत्व मधेसका माग सम्बोधन गर्न तयार रहेका बेला आन्दोलनरत दलहरुले वार्ता र संवादलाई प्राथमिकता दिनुपर्ने मन्त्री थापाको भनाइ थियो ।

कार्यक्रममा मन्त्री थापाको नागरिक अभिनन्दन र नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी र संघका संस्थापक अध्यक्ष रामकृष्ण गोर्खालीलाई सम्मान गरिएको थियो ।

कमल थापाको बोलिले भारत तरंगित, राष्ट्रसंघमै बदला लिन खोज्यो (भिडियो सहित)