१३ असोज, एजेन्सी ।

भारतीय विदेश मन्त्रालय तथा सेनाले पाकिस्तानसँगको सीमा क्षेत्र लाइन अफ कन्ट्रोलमा सर्जिकल अपरेशन गरेर आतंकबादी मारेको जानकारी दिएको छ ।

भारत र पाकिस्तान साँच्चिकै भिडे नेपालले के के भोग्नु पर्छ

बुधबार राति भएको उक्त अपरेशनमा भारतीय सीमामा घुसपैठ गर्न खोज्नेहरु मारिएको भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

indian army fight 5593757

भारतीय सेनाका डाइरेक्टर जनरल अफ मिलिट्री अपरेशन रनवीर सिंहले सीमाक्षेत्रमा लगातार घुसपैठ भैरहेको र पाकिस्तानले गर्न खोजेको २० घुसपैठको प्रयासलाई असफल पारिएको जानकारी दिए।

सेनालाई जस्तो सुकै कारवाही गर्न छुट दिइएको जानकारी दिँदै भारतीय सेनाले सबै अवस्थाका लागि तयार रहेको जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री विक्रिमा, मूल्य १ करोड

यसैबीच उरी आक्रमणको तनाव कायमै रहेको समयमा पाकिस्तानले पुनः युद्धविराम भंग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तनको साइडबाट कश्मिर नऊगामको दानेश र लक्ष्मी पोष्टमा आक्रमण भएको समाचारमा जनाइएको छ ।

५ दिनपछि गोताखोरले भेटाए त्रिशुलीमा डुबेको गाडी

पाकिस्तानी सेनाले उक्त फायर चलाएको र भारतीय सेनाले पनि जवाफ दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुवै पक्षबाट गोलाबारी जारी रहेको समेत समाचारमा उल्लेख छ ।