८ मंसिर, काठमाडौं ।

नेपालका लागि भारतीय राजदुत रञ्जित रेले नेपालको संविधान जनप्रतिनिधिले बनाएको भएपनि सबै समुदायलाई समेट्न नसक्दा समस्या निम्तिएको दाबी गरेका छन् ।

मंगलबार राजधानीमा आयोजित नेपाल भारत मैत्री सम्बन्ध विषयक छलफलमा राजदुत रेले भारतले सबै पक्षलाई स्वीकार्य हुने संविधान निर्माण गर्न आग्रह गरे पनि प्रमुख दलले नमानेको आरोपसमेत लगाएका छन् ।

Ranjit ray

भारतले नेपालमा शान्ति र स्थिरता चाहेको उनको भनाइ थियो । कार्यक्रममा नागरिक समाजका दमननाथ ढुङ्गाना, सुन्दरमणि दीक्षितलगायतले भारतको बचाउ गर्दै भारतले नेपालमा नाकाबन्दी नगरेको दाबी गरेका थिए । नेपालको आन्तरिक समस्यामा भारतलाई जोड्न नमिल्ने उनीहरुको भनाई थियो ।

भारतमा हुने साफ बहिस्कार गरौं भन्दै ट्वीटरमा ट्रेण्डिङ

संविधान नै असमान तरिकाले निर्माण गरिएकाले समस्या निम्तिएको भन्दै समस्या समाधानका लागि भारतको सहयोग लिनुपर्नेमा नागरिक समाजका अगुवाहरुले जोड दिएका थिए ।

भारतीय नाकाबन्दीको विरोधमा अमेरिकी सिनेटरको पनि समर्थन