१७ असोज, एजेन्सी । भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा १४ फेब्रुअरीमा आक्रमण भयो । आक्रमणपछि भारतका ४५ जनाको मृत्यु भएको थियो । भारतमा आक्रमण गरेपछि भारतले पनि त्यसको जवाफी कारवाही गरेको थियो ।

भारतले पाकिस्तानको बालाकोटमा पसेर एयरस्ट्राइक गरेको थियो । यस एयरस्ट्राइकमा वायुसेनाको जैश–ए–मोहम्मदको आतङ्की अड्डामा बम बर्साएको थियो । शुक्रबार भारतीय वायुसेनाले एयरस्ट्राइकको भिडियो सार्वजनिक गरेको छ । जसमा एयरस्ट्राइकको पुरा प्रक्रियाको बारेमा देखाइएको छ । भिडियोमा पाकिस्तान २७ फेब्रुअरीमा भारतीय वायुक्षेत्रमा पस्ने कोसिस गरेको पनि देखाएको छ ।