२१ कात्तिक, काठमाडौं ।

उपप्रधान एवंम् महिला, बालवालिका तथा समाज कल्याण मन्त्री चन्द्रप्रकाश मैनालीले भारतको आघोषित नाकाबन्दी नेपालबाट तराई टुक्राउने पहिलो चरण भएको दावी गरेका छन । उनले मधेस एक प्रदेश वा दुई प्रदेश भने पनि मधेसलाई नेपालबाट डिस ईन्ट्रीगेसन गरेर आफू तर्फ गाभ्ने डरलाग्दो योजनाको पहिलो चरण भएको भन्दै यो नेपाल भारत दुबै मुलुकको स्थिरताको हितमा नभएको बताएका हुन् ।

उपप्रधानमन्त्री मैनालीले भने,‘ईन्दीरा गान्धीको शासनकालमा सन् १९७५ मा ‘रअ’का प्रमुख रहेका आरके यादवले लेखेको पुस्तकमा त्यसबेलामा नेपालबाट तराईलाई छुट्याउन लागेको भनि लेखेका छन् ।

त्यो सत्य होईन भने भारतले त्यसको खण्डन गर्नु पर्दथ्यो, यादवलाइई देशद्रोहको मुद्दा लगाएर जेलमा हाल्नु पर्दथ्यो तर त्यो भारतले अहिलेसम्म नगरेकोले हामीले त्यही नै सत्य हो भन्ने बुझ्नु पर्छ ।’

उनले त्यही ढंगले अहिले भारत अघि बढे यसले नेपाल र भारतमा नभई विश्वमै अशान्ती ल्याउने चेतावनी दिए । उनले मधेसमा दुई प्रदेश दिए नेपाल खण्डित हुने दावी गर्दै यो कुनै पनि हालतमा दिन नहुने र उनीहरुले मागे जस्तो कैलाली कञ्चनपुर, सुनसरी, मोरङ्ग र झापा मधेस प्रदेशमा दिन नहुने अडान ब्यक्त गरे ।

उनले २०४५ सालसम्म आन्दोलनमा सहयोगको नाममा नेपालका राजनीतिक दलहरुले भारतीय क्याप्सुमा के छ भनि हेर्दा समेत नहेरी खाएको र अहिलेका मधेसबादी दलहरुले त्यही क्याप्सुल खाईरहेको उल्लेख गर्दै यसले मधेसवादी दलहरुलाई नै हित नगर्ने भएकोले गलत भएको टिप्पणी गरे ।

उपप्रधानमन्त्री मैनालीले भने,‘पहिला पनि यस्तो भएको थियो तर त्यो हामीले राजा विरुद्ध भन्ने बुझ्यौ तर त्यो हाम्रो विरुद्ध रहेछ । यसले अहिले हाम्रो आँखा खोलेको छ । हामी नेताहरु भारतले दिएको गाँजा खाएर सुत्यौ र हामी भारतप्रति परनिर्भर भयौ ।’

उनले नेपाल अब भारत मुखि नहुने भन्दै भारतको नाका पनि खोलेर चीन, पाकिस्तानसहितका विभिन्न मित्र राष्ट्रहरुको ढोका खोलेर स्वाभलम्बन अर्थतन्त्र निर्माण गरेर अघि बढ्ने स्पष्ट पारे । मन्त्री मैनालीले भने,‘हामी भारतको नाका बन्द गरेर चीन तिर जाने होईन । भारतको पनि खोल्ने अरुको पनि खोल्ने हो । चीनसँग स्थायी रुपमै द्धार खोल्छौ अब नेपाललाई बहुद्धारा बनाउने हो ।’

स्थलमार्ग देखि सबै माग प्रयोग गरेर अहिलेको अभाव टार्न सरकारले प्रयत्न गर्ने भन्दै आवश्यक परे हवाई जहाज प्रयोग गरेर भए पनि तेल ल्याएर नेपाली जनतालाई उपलब्ध गराउने दृढता ब्यक्त गरे ।

भारतले घोषित ढंगले नाकाबन्दी गर्न नसक्ने भएकोले मधेस केन्द्रीत दलहरुलाई प्रयोग गरेर नेपालमा असुरक्षा छ भनेर आपूर्ति बन्द गर्ने काम अन्यायपूर्ण भएको भन्दै उपप्रधानमन्त्री मैनालीले अब नेपालले यो घटनालाई अन्तर्राष्ट्रियकरण गरेर भारतभित्रकै नेपालका मित्रहरुसँग पनि कुरा गर्नु पर्नेमा जोड दिए ।

उनले भने,‘नाकाबन्दीको विषयमा भारतसँग दह्रो ढंगले कुटनीतिक बार्ता गर्नु पर्छ तर भारतसँग नेपालको आन्तरिक मामिलामा कुरा गर्नु हुँदैन । भारतले विनाकारण, गौरकानूनी ठहर हुने गरी अमानवीय ढंगले यूद्ध भन्दा चर्को नकाबन्दी गरको छ ।’

उनले प्रधानमन्त्रीले हदैसम्म लचिलो भएर न्यायोचित मागलाई संबोधन गर्ने गरी सहमति जुटाउन राजनीतिक सहमति बनाउने कुरालाई समेत अगाडि बढाउन निर्देशन दिएको भन्दै नेपाललाई अहित नगर्ने गरी मधेसीको चासो संबोधन गर्न भनेको सुनाए ।

मैनालीले जनसंख्या र भुगोललाई समान महत्व दिएर निर्वाचन क्षेत्र निर्धारण गर्ने र समानुपातिक समावेशीलाई अगाडिबढाउने गरी काग्रेसले पेश गरेको संविधान संसोधन प्रस्तावलाई अगाडि बढाउन आफूहरु तयार रहेको भन्दै पूर्ण जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व गराउन खोजे मुलुकको सबै संरचना भत्किने चेतावनी दिए । उनले भने,‘यस्तो संसारमा कतै पनि हुँदैन र छैन ।’
उनले नाकाबन्दीको आडमा कालाबजारी गर्नेलाई सरकारले कुनै पनि हालतमा नछाड्ने चेतावनी समेत थिए ।

यो पनि पढ्नुस्।
भारतीय सेनामा रहेका नेपालीले सोच्ने बेला आयोः एमाओवादी
भारतलाई अब अर्के चिन्ताले सताउन थाल्यो
इन्धनको नाममा करोडौं कुम्ल्याउन खोजिएको खुलासा, घोटाला गर्नेलाई नछोड्ने आपुर्ति मन्त्री पुनको चेतावनी