२६ मंसिर, काठमाडौं।

नेकपा (क्रान्तिकारीं)माओवादीका बरिष्ठ नेता सिपी गजुरेलले भारतले नाकाबन्दीसँगै पारवहान सुविधा समेत उपलब्ध नगराएर शत्रु राष्ट्रको झैं व्यवहार गरेको भन्दै तीव्र आक्रोश पोखेका छन् ।

परि थापा सम्बद्ध नेकपा एकिकृतसँगको पाटि एकिकरण पछि कार्यकर्ता प्रशिक्षणमा तराई खटिएका गजुरेलले सुनसरीको इटहरीमा पत्रकारसँग कुरा गर्दै एक असल छिमेकीको नाताले खेल्नु पर्ने मित्रवत व्यवहारलाई लत्याउंदै भारतले संयृक्त राष्ट्रसंघको वडापत्र तथा सार्क सन्धिको ठाडो उल्लंघन गरेको बताएका छन् ।

उनले भारतको इच्छ विपरिद गठन भएको राष्ट्रवादीहरुको सरकार भएको भनेर दावी गरेपनि यो सरकार भारत विरोधी नभएको र इतिहासकै निकम्मा भएको बताए । जनता नाकाबन्दीबाट तेल, ग्यास र औषधीको अभाव झेली रहेको बेलामा जिम्मेवार विहिन भएर बसेको सरकारलाई तुरुन्तै खारेज गर्नुपर्ने उनको भनाई थियो ।

अहिलेको नाकाबन्दीले देश गम्भिर संकटमा परेको भन्दै यसको विरुद्धमा प्रतिवाद गर्ने पनि गजुरलले बताए । नयाँ गठन भएको पार्टिले देशभर जनतालाई जागरुक गराउन अभियान सञ्चालन गर्ने गजुरेलले बताए ।

अहिले आफ्नो शक्ति केही कमजोर भएको भन्दै देशभर शक्ति संचयका लागि साना पार्टि र जनतामा जागरुक अभियान सञ्चालन गर्ने उनको भनाई थियो । तर एकिकृत नेकपा माओवादीसँग भने तत्काल पार्टि एकिकरणको सम्भावना नरहेको उनले स्पष्ट पारे ।

यो पनि पढ्नुस्।

तेलमा कसरी भइरहेछ झेल? यसरी हुन्छ कालोबजारी – फोटो फिचर

दिल्लीमा तीनबुँदे प्रस्तावको अन्तरकथा : श्रीश्री रविशंकरदेखि सुष्मा स्वराजसम्म