काठमाडौं ।

बंगलादेशमा भइरहेको यु-१९ विश्वकप छनौट प्रतियोगितामा क्वार्टर फाइनलमा पुगिसकेको भएपनि धेरै नेपालीको अपेक्षा थियो नेपाली टिमले भारतलाई जितोस् । नाकाबन्दी गरेर नेपालीहरुलाई दुःख दिएको भारतलाई क्रिकेटबाट बदला लिने आशा धेरै नेपाली खेलप्रेमीहरुको थियो ।

तर त्यही भारतसँग नेपाली टिम सहजै ७ विकेटको पराकिलो अन्तरले पराजित भयो । आफ्ना २ खेलमा उत्कृष्ठ प्रदर्शन गरेको नेपाली टिम क्रिकेट पावर राष्ट्र भारतको समकक्षी टिमसँग भने निरिह देखियो । फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनिङ ब्याट्सम्यान शुरुमै लड्खडाए ।

under 19 team

मिडल ब्याटि लाइन (अलराउण्डर भनिएपनि)ले पनि खासै उत्साहजनक प्रदर्शन गर्न सकेन । नेपालको मनोबल उच्च रहेको भनिएपनि भारतसँग मानसिक दवावका कारण खेल्न नसकेको विश्लेषकहरुले बताएका छन् । प्रतियोगिताको हिसावले मानसिकरुपमा भारतलाई नेपाललाई भन्दा बढी दवाव थियो तर पनि नेपालको ब्याटिङ र बलिङ लाइन दुवै असफल भयो । ओपनिङ ब्याटिङ लाइन पूर्णतः असफल हुनु र शुरुवातमै बलर पिटिनु नेपालको प्रमुख हारको कारण बन्यो ।

किन हार्‍यो भारतसँग नेपाल ?

१. असफल ओपनिङ
टस हारेको नेपालले खेल समेत हार्नुको मुख्य कारण हो नेपालको ओपनिङ ब्याटिङ लाइन । नेपाली ब्याट्सम्यानमा सन्दिप सुनार तथा राजबीर सिंहले ३० प्लसको रन स्कोर बनाउनु बाहेक ब्याट्सम्यानहरु वान डे क्रिकेट स्टाइलमा खेलेको देखिएन । पहिलो ओभरमै सुनिल धमला शून्यमा आउट भएपछि नेपाली टिम दवावमा परेको थियो ।

under 19 team nepa

त्यसपछि अर्का ओपनर योगेन्द्र सिंह कार्की केवल ७ रनमा पविलियन फर्किए भने आशा गरिएका कप्तान राजु रिजाल रिजाल पनि निराशाजनक प्रदर्शन गर्दै केवल ६ रनमा आउट भए । दिपेन्द्र सिंह ऐरी अनावश्यक रन आउटमा १ रनमा मैदान छोडे । प्रेम तामाङले २९ र अरिफ शैखले बनाएको २६ रन नेपाली टिमका लागि राहत भएको देखियो । यही प्रतियोगिताको पहिलो म्याचमा २३८ रनको विशाल स्कोरले नेपालको ब्याटिङ लाइन ससक्त रहेको प्रमाण थियो । न्यूजिल्याण्डजस्तो बलियो टिमलाई २३८ रनले चुट्नुले ब्याटिङ लाइनको प्रशंसा भएको थियो । तर नेपाली टिमको कमजोरी नै कन्सिटेन्सीमा छ ।

२. स्पिनिङ/बलिङः अपेक्षित नतिजा दिन असफल
नेपालको विकेट पहिलो ओभरमै झारेको भारतले पहिलो ओभरमा छक्का र चौका हान्दै नेपाली टिमलाई मानसिक दवावमा राख्‍यो । नेपाली टिमको स्पनिङ प्रतियोगितामै राम्रो भनेर प्रशंसा भएको थियो । तर भारतसँगको खेलमा भने स्पनिङ पनि फेल भएको देखियो । असफल ओपनिङ ब्याटिङ लाइनको जत्तिकै शिकार बन्दै नेपाली टिमले बलिङमा पनि कमजोर प्रदर्शन गर्न पुग्यो । प्रेम तामाङको सन्तुलित खेल बाहेक अन्य बलर भारतसँग निरिह देखिए । अघिल्ला खेलमा कमजोर देखिएको भारत नेपालसँगको खेलमा ब्याटिङ र बलिङ दुवै फर्ममा उच्च मनोबलमा देखियो ।

u 19 team
यही प्रतियोगितामा ह्याट्रिक गरेका सन्दिप लामिछाने समेत भारतीय ब्याट्सम्यानसामु चम्किन असफल भए । सन्दिप लामिछानेको स्पिन अहिले प्रतियोगीतामै चर्चाको विषय बनिरहेको छ । तर उनले भारतीय टिमलाई भने आफ्नो पहिलो ओभरको दोश्रो बलमै भारतलाई चौका दिएका थिए । यद्यपी उनले दोश्रो ओभरमा भारतको तेश्रो विकेट झारिदिएर आफूलाई अव्वलको दर्जामा कायमै राख्न भने सफल रहे ।
भारतले १२४ रन हानेपछि नेपालका प्रेम तामाङले भारतको एक विकेट लिन सकेका थिए । उनै तामाङले भारतले १४२ रन बनाउँदा दोश्रो विकेट लिए । यही प्रतियोगिताको आयरल्यान्डसँग खेलमा भारतले ५५ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो । त्यस्तै न्युजिल्यान्डसँग भारतले १९ रनमा २ विकेट गुमाइसकेको सरफराजले ७४ रन बनाएका कारण सहज भएको थियो । तर नेपालसँग भने केवल ७ ओभरमा १०० रन पार गरिसक्नुले भारतीय टिमले नेपाली टिमलाई कमजोर ठानेर दवावमा राख्दै खेलेको देखियो । जसमा नेपालको बलिङ पूर्णतः असफल देखियो ।

२.ठूलो टिमको मानसिक दवाव
छिमेकी देश भारत विश्वमै क्रिकेटको पावर हाउसकोरुपमा चिनिन्छ । यू-१९ विश्वकपमा भारतको इतिहास नै काफी छ । कप्तान राजु रिजालले आफूहरुले प्रेस थेग्न नसकेका कारण भारतीय टिमसँग पराजित भएको बताएका छन् । उनले भारतसँगको खेलमा मिडललाईनले अपेक्षित प्रदर्शन गर्न नसेको बताए । उनले भारतसँग आफूहरु प्रेसरमा परेको स्वीकार गरे । पोष्ट म्याच प्रिजेन्टेसनमा बोल्दै राजुले भने, “हामीले आगामी खेलमा सुधार गर्ने छौं”

अहिलेसम्म तीनपटक सम्म यो उमेर समूहमा विश्वकपको उपाधि उचालिसकेको भारतलाई हराउनु नेपालका लागि सामान्य विषय थिएन । जवकी नेपाल भने क्रिकेटमा सिकारु टिम नै हो भन्दा पनि हुन्छ । दुई खेल जितेर क्वाटरफाइनल प्रवेश गरिसकेको नेपाललाई भन्दा भारतलाई मानसिक दवाव बढी थियो तर खेलमा भने उल्टो देखियो । नेपालका प्रशिक्षक जगत टमाटाले घुमाउरो शैलीमा नाकाबन्दी लगाइरहेको भारतको टिमलाई नेपाली टिमले पराजित गर्नेगरी मनोबलमा रहेको दावी गरेका थिए । तर खेलाडीहरु भने ठूलो टिमको अगाडी मानसिक दवावमा देखिए । जुनकुरा ओपनिङ ब्याटिङ लाइनमा प्रष्टै देखियो भने बलरहरु पनि भारतीय ब्याट्सम्यानसामु निरिह देखिए । यो प्रतियोगितामा शुरुवाती खेल राम्रो नदेखाएको भारतले नेपालसँग भने ‘ठूलो टिम’ मानसिकता ब्यवहारमै प्रदर्शन गर्‍यो ।

४. इतिहासको ह्याङ
यो प्रतियोगितामा नेपाल शुरुका २ खेलमा नाटकीय नतिजा निकाल्दै उच्च मनोबलमा रहेको भनिएपनि भारतसँग भने इतिहासको दवाव थियो । यस अघि सन् २००० मा भारतको सामना गर्दा नेपालको अण्डर १९ टिमले नेपाली टिमलाई हेपेको सहजै जितेको थियो । अघिल्लो पटक भारतसँग ८ विकेटको फराकिलो अन्तरले पराजित भएको नेपाली टिममा यो दवाव देखियो । भारतीय अण्डर १९ टिमको विश्वकप इतिहास समेत बलियो छ । यस अघि नै तीनपटक यो उमेर समूहमा विश्वकपको उपाधि उचालिसकेको भारत यसपाली पनि एक दावेदार मानिएको छ । जवकी नेपालले दिने कुनै पनि नतिजालाई ‘नाटकीय’ भनिन्छ । यसैकारण पनि इतिहासको ह्याङले नेपाली टिम भारतसँग पराजयको कारण बनेको खेल विश्लेषकहरुले बताएक छन् ।

नाकाबन्दी गरिरहेको भारतलाई पराजित गरोस् भन्ने नेपाली मानसिकता र सामरिकरुपमा निक्कै चासोका साथ हेरिएको खेलमा भारतसँग हारेपनि नेपाल यो प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ । भारतसँग हारेको नतिजाले नेपाललाई यो प्रतियोगितामा खासै फरक पारेको छैन । नेपालले क्वाटरफाइनलमा बंगलादेश अथवा नामिबियाको सामना गर्ने छ । नेपालको क्वाटरफाइनल खेल बिहीबार हुनेछ ।

नेपाल सहित ५ सिकारु देशले बनाएका क्रिकेटका ५ अपत्यारिला रेकर्ड