१८ फागुन,काठमाडौं ।
एसिया कप क्रिकेट अन्तर्गत गएराति भएको खेलमा पाकिस्तान विजयी भएको छ। पहिलो खेलमा भारतसँग हारेको पाकिस्तानले गएराति भएको दोस्रो खेलमा युएईलाई ७ विकेटले हराएको हो ।

खेलमा पहिले व्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ जन जोड्यो । जवाफमा १३० रनको सामान्य लक्ष्य पाकिस्तानले ८ बल बाँकी छँदै ३ विकेट गुमाएर पुरा ग-यो ।

Pakistan cricketer Umar Akmal (L) plays a shot as the United Arab Emirates wicketkeeper Swapnil Patil (R) looks on during the Asia Cup T20 cricket tournament match between Pakistan and United Arab Emirates at the Sher-e-Bangla National Cricket Stadium in Dhaka on February 29, 2016. AFP PHOTO / MUNIR UZ ZAMAN / AFP / MUNIR UZ ZAMAN (Photo credit should read MUNIR UZ ZAMAN/AFP/Getty Images)

पाकिस्तानका लागि शोएब मल्लिकले अविजित ६३ रन तथा उमर अकमलले अविजित ५० रनको योगदान दिए । जितसँगै पाकिस्तानले एसिया कप क्रिकेटमा २ खेलबाट २ अंक जोडेको छ ।

समान खेलबाट ४ अंक जोडेको भारत अंक तालिकाको शीर्ष स्थानमा छ भने एक खेल बढी खेलेको बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र युएई सहभागि प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्ने प्रावधान छ । प्रतियोगिता अन्तर्गत आज हुने खेलमा भारत र श्रीलंका भिड्नेछन् ।।