१३ मंसिर, सुनसरी । जिल्लाको दक्षिणी क्षेत्र भारतीयहरुले बनाएका अस्थायी घर टहरा भत्काइएको छ ।

भारतीयले कब्जा गरेको भूमि फिर्ता गराउने क्रममा सशस्त्र प्रहरीले घरटहरा भत्काएको हो । सशस्त्र प्रहरीको ४ नम्बर गणबाट खटिएको टोलीले देवानगञ्ज गाउँपािलकामा नेपाली भूमि अतिक्रमण गरी बनाएका घरटहरा भत्काएको हो ।

उनीहरुले बनाएका २१ वटा घरटहरा भत्काइएको प्रहरी उपरीक्षक कृष्ण ढकालले बताए । भूमि अतिक्रमण रोक्नका लागि जिल्लाका सिमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिती बढाइएको छ ।