२५ मंसिर, एजेन्सी।

भारतीय आयल निगम (आईओसी) का मार्केटिङ म्यानेजर मोहम्मद सिरादुद्दीन पक्राउ परेका छन। बिहिबार राजस्थानमा उनलाई एक फ्याल्टबाट पक्राउ गरिएको हो। आतंककारी संगठन आईएसको एजेन्ट भएको उनी माथी आरोप लागेको बताइन्छ।

isis arrest ioc markeing manager (1)

मोहम्मदलाइ भोली अदालतमा पेश गरिने भारतीय मिडिया बताउँछन्।

सिरिया लगायत कयौं इस्लामिक देशमा उनको ८० भन्दा बढी कन्ट्याक्ट रहेको पत्ता लगेको बताइन्छ।

मोहम्मदको गिरफ्तारी पश्चात राजस्थान प्रहरीले एसपी र रेन्ज आईजीलाई सर्तकता अपनाउन भनेको छ। पछिल्लो डेढ बर्ष देखि भारतमै रहेका मोहम्मदले आफ्नो पत्नी र छोरालाई चार महिना पहिले नै बेगंलरु पठाएका थिए।

सामाजिक सञ्जालबाट नेटवर्किङ

isis arrest ioc markeing manager (2)

मोहम्मदबाट बरामद गरिएको ल्यापटपको डाटा रिकभर गर्ने कोशिस गरिएको बताइन्छ। प्रहरीले ह्वाट्सएप र फेसबुक जस्ता सामाजिक सञ्जालमा मोहम्मद सक्रिय रहेको बताएको छ। उनलाई राजस्थानमा इस्लामिक स्टेटको नेटवर्क फैलाउन जिम्मेवारी सुम्पिएको बताइन्छ। १५ दिन पहिले नै उनी विरुद्ध गुनासो आएको थियो।

सामाजिक सञ्जालमा कयौं ग्रुप बनाइ युवायुवतीलाई इस्लामिक स्टेटमा आउन लोभ्याउने गरेको बताइन्छ। साथै उनको कोठाबाट आईएसको अनलाइन म्यागजिन ‘दाबिक’ को एक प्रति पनि बरामद गरिएको छ।

गुलबर्गा, कर्नाटक निवासी मोहम्मदको परिवार बेगंलरुमा छन्। १५ दिन पहिले पाएको जानकारी अनुसार उनलाई निगरानीमा राखिएको थियो।

२३ भारतीय आईएससंग सम्बन्धित

अहिलेसम्म २३ युवाहरु आईएसंग सामेल हुन भारतबाट इराक-सिरिया गइसकेको बताइन्छ। जसमा आईएस तर्फबाट युद्धमा होमिदा ६ को मृत्यु भइसकेको छ। आईएसबाट प्रभावित ३० युवाहरुलाई इराक-सिरिया जाने क्रममा अलग‍-अलग ठाउँबाट पक्राउ गरिसकिएको बताइन्छ।