२ असोज, नयादिल्ली ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राम्रो भेट भएको जानकारी भारतीय गृहमन्त्री राजनाथ शिंहले दिएका छन् ।

लोकमानसिंह कार्कीलाई राजनीतिक बचावट हुदैन : भट्टराई

प्रचण्ड र राजनाथ सिंहबीच दिल्लीस्थित राष्ट्रपति भवनमा शनिबार साँझ शिष्टाचार भेटघाट भएको थियो ।

Prachanda with Rajnath Singh

भेटका अवसरमा भारतीय गृहमन्त्रीले नेपालमा शान्ति स्थापनाका लागि नेतृत्वदायी भुमिका खेलेकोमा प्रधानमन्त्री प्रचण्डको प्रसंसा गर्दै नेपालमा शान्ति, स्थिरता र विकासका लागि चालेका कदमहरुप्रति आफूहरुको सधै साथ रहने बताएका थिए ।

के कुरा भएको थियो प्रचण्ड–मोदी गोप्य वार्तामा?

राजनाथले ट्वीटरमा प्रचण्डसँग राम्रो भेटघाट भएको भन्दै तस्विर शेयर गरेका छन् । छलफलमा नेपाल-भारत धेरै विषयमा कुराकानी भएको जानकारी पनि भारतीय गृहमन्त्रीले बताएका छन् ।

 


राजनाथसँगको भेटमा २ देशको आपसी हितका विविध विषयमा छलफल भएको जानकारी प्रचण्डको सचिवालयले जनाएको छ ।