१ मंसिर, काठमाडौं ।

भारतीय टेलिभिजन च्यान सिबिएन आइबीएनमा कार्यरत विदेश नीति बिट हेर्ने महिला पत्रकार आँचल बोहोराले पूर्व प्रधानमन्त्री डा बाबुरामले भट्टराईले आफूसँग चीनले नेपाललाई धेरै गर्न नसकिने भारतसँग सम्बन्ध सुधार गर्न सुझाव दिएको खुलासा गरेकी छिन् ।

चीनका तत्कालीन प्रधानम्त्री वेन जिया बाओले आफूसँग कुरा गर्दै चीनले नेपालमा धेरै गर्न नसक्ने बरु भारतसँग सम्बन्ध सुधार गर्न भनेको बाबुरामले बताएको खुलासा समेत आँचलले गरेकी छिन् ।

baburam with indian lady journalist 3बाबुरामसँग लिएको अन्तर्वार्ताका तस्विर सहित आँचलले प्रकाशित गरेका ट्वीटमा बाबुरामले प्रचण्ड, ओली लगायतका नेता मधेश विरोधी भएको समेत बताएको उल्लेख छ ।

baburam with indian lady journalist

बाबुरामले भारतीय पत्रकारसँग गरेको कुराकानी मर्यादा विपरित भएको भन्दै ट्वीटरमै ब्यापक आलोचना भएको छ ।

baburam with indian lady journalist 2

प्रचण्डको अर्को एउटा ‘बोल्ड डिसिजन’ को पर्खाइमा देश

ओलीको आफैं ढल्ने तयारी !