२६ मंसिर, काठमाडौं ।

मुख्य दलका शीर्ष नताहरु मधेस आन्दोलन अन्त्य गर्न सहमति प्रयास गरिरहेका बेला भारतीय दूतावासले सरकार र प्रतिपक्षीमा रहेका सबैजसो राजनीतिक दलका नेताहरुलाई दिवाभोजमा निम्त्याएर विस्तारै समाधानतर्फ जान सुझाव दिएको छ ।

भारतीय नाकाबन्दीले मुलुकको जनजीवन अस्तब्यस्त रहेको अवस्थामा राजनीतिक दलका नेताहरु भारतीय दूतवासमा पुगेर दिवा भोजमा सरिक भएका हुन् ।

कांग्रेसबाट विमलेन्द्र निधी, अमरेशकुमार सिंह, गणेश मण्डल, रामअयोध्याप्रसाद यादव लगायत थिए भने एमालेबाट सुरेन्द्र पाण्डे, नागेन्द्र चौधरी, बंशिधर मिश्र लगायत थिए । त्यस्तै एमाओवादीका प्रभु साह, जनकराज जोशी, रविन्द्र प्रताप शाह, राप्रपा नेपालका दिलनाथ गिरी, राप्रपाका दिपक बोहोरा लगायत थिए ।

सदभावना पार्टीका संसदिय दलका नेता लक्ष्मणलाल कर्ण, सभासद नरसिंह चौधरी, फोरम उपाध्यक्ष तथा सभासद लालबाबु राउतको पनि उपस्थिती थियो । आजको कान्तिपुरमा खबर छ ।