८ मंसिर, न्यूयोर्क ।

भारतले नेपालमाथि गरिरहेको नाकाबन्दीको विश्वभरीका नेपालीहरुले विरोध गरिरहेका छन् । अमेरिका देखि कोरिया सम्म नाकाबन्दीको विरोध भएको छ ।

यसैबीच अमेरिकाको राष्ट्रपतीय कार्यालय ह्वाइटहाउस अगाडी भएको भारतीय नाकाबन्दी विरुद्धको प्रदर्शनलाई अमेरिकी सिनेटर बेन्जामिन एल कारडीनले समेत समर्थन जनाएका छन् ।

American Senator Benjamin

म्यारिल्याण्ड राज्यका सिनेटर कारडीनले नेपालीहरुको विरोध प्रदर्शनमा सहभागी हुन नपाएकोमा दुःख ब्यक्त गर्दै उनले भारतीय नाकाबन्दीको विरोधमा आफ्नो समर्थन रहेको बताएका हुन् ।

यस अघि नै अमेरिकी दुताबास र राष्ट्रसंघले नेपालमा मानवीय संकट उत्पन्न हुने भनेर दिएको चेतावनीको भाषासँग उनको पत्र पनि मिल्दो जुल्दो छ ।