१४ मंसिर, आयरल्याण्ड ।
भारतीय नाकाबन्दी विरुद्ध आयरल्याण्डमा पनि भव्य विरोध प्रदर्शन भएको छ । गैर आवसीय नेपाली संघ आयरल्याण्डले आयोजना गरेको विरोध प्रदर्शनमा सयौं नेपालीको सहभागिता रहेको थियो । आयरल्याण्डको डब्लिन सहरमा आयोजना गरिएको विरोध प्रदर्शनलाई सम्वोधन गर्दै एनआरएन आयरल्याण्डका अध्यक्ष राजन काफ्लेले भारत सरकारको हस्तक्षेप विश्वलाई जानकारी दिन विरोध प्रदर्शन आयोजना गरिएको बताए ।

नेपालको पारवहन अधिकार कुण्ठित गर्ने दुष्प्रयास नर्गन आग्रह गर्दै काफ्लेले नाकाबन्दीले नेपालीको मानवअधिकार हनन भएको बताए । अध्यक्ष काफलेले तत्काल कुटनीतिक तबरवाट समस्या हल गर्न पनि सरकारलाई आग्रह गरे । यस्तै एनआरएनका पुर्वअध्यक्ष गणेश प्रसाईले एउटा स्वतन्त्र मुलुकका लागि भारतको हेपाहा प्रवृत्ति स्विकार्य नभएको बताए ।

Ireland protest against india blockade1

विश्वभर रहेका नेपाली गरेको प्रदर्शनले भारतीय नाकाबन्दी विश्वव्यापीकरण भएको प्रसाईको भनाई थियो । एनआरएनएका उपाध्यक्ष वसन्त न्यौपाने, पुर्वउपाध्यक्ष नवराज कोइरालाले प्रदर्शनमा उल्लेख्य नेपालीको सहभागिता रहेको जानकारी दिए । विरोध प्रदर्शनमा नेपाल आयरल्याण्ड सोसाइटी, विद्यार्थीका साथै सन्चारकर्मीको समेत उल्लेख्य सहभागिता रहेको थियो । पारवहन अधिकार कुण्ठित गर्न पाईदैन, नाकाबन्दी तत्काल खोल, नेपालमाथिको हस्तक्षेप बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड र व्यानर वोकेर नेपालीहरु सडकमा ओर्लिएका थिए ।

Ireland protest against india blockade

भारतीय नाकाबन्दी विरुद्ध गैर आवसीय नेपाली संघ लगायत विभिन्न संघ संस्थाले विरोध प्रदर्शनका साथै भारतीय दुतावासमा ज्ञापन पत्र वुझाउँदै आएका छन् । नेपालीले निरन्तर विरोध गर्न थालेपछि भारतीय दुतावासहरुले नेपाली संघ संस्थाको ज्ञापन पत्र समेत वुझ्न छोडेका छन् ।