२० फागुन, काठमाडौं ।

एमाओवादीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले भारतीय नेताहरुले नेपाली जनताको भावनालाई सम्मान गरोस् भन्ने चाहेका बताएका छन् ।

कांग्रेस महाधिवेशन उद्घाटन सभामा उपस्थित भारतीय नेताहरुलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली जनताले के गल्ती गरेका कारण नाकाबन्दी सहनु पर्‍यो त्यो कुरा नेपाली जनताले बुझ्न चाहेको बताए ।

फाइल तस्बिर

फाइल तस्बिर

प्रचण्डले भाषणका क्रममा भारतले यस्तो इतिहास दोहोर्‍याउन नहुने चेतावनी दिए ।

प्रचण्डले नामै लिएपछि भारतीय नेता भगतसिंह कोसियारीले हात जोडेर प्रचण्डका कुराको समर्थन गरेका थिए।

प्रचण्डको भाषणका क्रममा कांग्रेस कार्यकर्ताले पटक पटक तालि बजाएर हुटिङ गरेका थिए ।

भाषण गरेर निस्किएका प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री विजय गच्छदारलाई ब्यङ्ग्य गर्दै प्रचण्डले आफू भाषण सुनेर बसेको बताए ।

प्रचण्डले तत्कालीन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालासँग भएका आफ्ना सहमतिबारे स्मरण गर्दै प्रचण्डले २०७२ नेपालीका लागि असाधारण वर्ष भएको बताए ।

भूकम्प, नाकाबन्दी हुँदै विभिन्न समस्यासँग जुद्धै आफूहरु राजनीतिक सहमति गरिएको भन्दै प्रचण्डले आफू अन्तिम सम्म बसिरहेको बताए ।

कांग्रेस महाधिवेशन उद्घाटनमा मधेशी दल अनुपस्थित

नीतिश कुमारको भाषणमा सबैभन्दा बढी हुटिङ

संविधान कार्यवन्यन र पुनः निर्माणमा राष्ट्रिय एकता आवश्यकता रहेको भन्दै गिरिजासँग शान्ति प्रक्रियामा हात जोडेको शक्तिलाई भुलेर नयाँ नेपाल बन्न नसक्ने प्रचण्डले बताए ।

गिरिजा र आफू आँटिला नेता भएको दावी गर्दै प्रचण्डले विपीले समेत तत्कालीन राजासँग आँट गरेको भन्दै कांग्रेसको प्रशंसा गरे ।